Fri. Apr 19th, 2024

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको थियो । उनको शव लाई जब विमानस्थल भन्दा बाहिर ल्याइयो तब लाखौ दर्शकले श्रीकृष्णका लागी श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्काएका थिए । सुरक्षाकर्मीहरुले समेत थेग्न नसक्ने दर्शकको भिड भएपछि श्रीकृष्णको शवलाई प्रज्ञा भवनमा राखिने पशुपतिमा सिधै लगिएको थियो । श्रीकृष्णलाई हेर्न आउने प्राय सबै दर्शकको आखाँमा आसु देख्न सकिन्छ ।

10537427_687538344633070_7846196861587022790_n

अब पशुपतिमै श्रीकृष्णलाई श्रदाञ्जली सगै अन्तयष्टि गरिएको छ ।  करिब साढे ८ बजे तिर उनको पशुपतिमा अन्त्यष्टि गरिएको थियो ।  अब कहिले नर्फकने गरि । श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिएका थिए । त्यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । उनलाई श्रदाञ्जली दिन सरकारका मुख्य व्यक्तिहरु सगै कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।  आर्यघाटमा समेत उनलाई हेर्न लाखौको संख्यामा दर्शकहरु उपस्थित भएका थिए ।  असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । केहि महिना देखी फोक्सोमा पानी जमेका कारण विरामी भएका खबर बाहिर आइरहे पनि उनी ‘बोन क्यान्सर’का कारण मुत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

%d bloggers like this: