Fri. Apr 26th, 2024

आज दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीको शवलाई एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि श्रीकृष्णका शव राखिएको छ । यति बेला प्रज्ञा भवनमा लाखौको संख्यामा दर्शकहरु उपस्थित भएका छन् । श्रीकृष्ण श्रेष्ठ अमर रहुन जस्ता नारा चौतर्फि घन्किरहेका छन् भने श्रीकृष्णलाई हेर्न आउने प्राय सबै दर्शकको आखाँमा आसु देख्न सकिन्छ । उनलाई साढ पाँच बजे नै पशुुपतिमा अन्त्यष्टिका लागी लगिने बताइए पनि उनलाई करिब ४ बजे तिर मात्र प्राज्ञ भवनमा ल्याइएको थियो । सडक देखी प्रज्ञा भवन सम्ममा उनलाई मन पराउने दर्शकको भिड देख्न सकिन्छ । सरकारका विभिन्न व्यक्तिहरु सगै यति बेला सम्पुर्ण कलाकारहरु श्रीकृष्णलाई श्रदाञ्जली दिन प्रज्ञा भवन पुगेका छन् । उनलाई करिब ७ बजे तिर मात्र पशुपति लगिने बताइएको छ । उनको साथमा स्वेता पनि छिन् । तर अहिले स्वेता बेहोस अबस्थामा रहेको स्रोतले बताएको छ । श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिनेछन् । चलचित्र विकास बोर्डले श्रीकृष्ण श्रेष्ठलाई त्रिभुवन विमानस्थलदेखि आर्यघाट पुर्याउँदा लाग्ने सबै खर्च बेहोर्न निर्णय गरेको छ । पशुपतिमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री शुशिल कोइराला पनि जाने कार्यक्रम रहेको छ । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । केहि महिना देखी फोक्सोमा पानी जमेका कारण विरामी भएका खबर बाहिर आइरहे पनि उनी ‘बोन क्यान्सर’का कारण मुत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

10400048_762027547195209_9035939572692782092_n

10292467_275758462630300_6664830392123533770_n 10592694_830896016934023_4824406509404876799_n 10612675_830896020267356_4009390297116153603_n Capture

%d bloggers like this: