Thu. Apr 25th, 2024

शनिबार विहान भारतको एपोलो हस्पिटलमा मुत्यु भएका नेपालीसिनेनगरीका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याइएको छ । दिउँसो २:५५ बजे इन्डियन एयरलाइन्सबाट नेपालको त्रिभुवन विमानस्थलमा श्रीकृष्णको शव ल्याइएको हो । श्रीको शवलाई एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि श्रीकृष्णका शव राखिएको छ । उनलाई श्रदाञ्जली दिनका लागी सरकारका प्रमुख देखी बरिष्ठ कलाकारहरु यति बेला प्रज्ञा भवनमा छन् ।
10570376_10203185226404679_3127554862909874168_n
३:३० बजे देखी ५:३० बजे सम्म श्रीकृष्णको शव प्रज्ञा प्रतिष्ठानमा राखिने छ भने त्यसपछि उनको शव पशुपति लगिने छ । नायक श्रेष्ठको अन्त्येष्टिका क्रममा १० जना प्रहरीले सलामी दिनेछन् ।  चलचित्र विकास बोर्डले श्रीकृष्ण श्रेष्ठलाई त्रिभुवन विमानस्थलदेखि आर्यघाट पुर्याउँदा लाग्ने सबै खर्च बेहोर्न निर्णय गरेको छ । पशुपतिमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री शुशिल कोइराला पनि जाने कार्यक्रम रहेको छ । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । केहि महिना देखी फोक्सोमा पानी जमेका कारण विरामी भएका खबर बाहिर आइरहे पनि उनी ‘बोन क्यान्सर’का कारण मुत्यु भएको अस्पतालले पुष्टि गरिसकेको छ ।

%d bloggers like this: