Fri. Apr 26th, 2024

कहिले नरिसाउँने,सधैं मधुर र मसिनो स्वरमा बोल्न रुचाउँथे उनी । नृत्य त उनको वरदान नै थियो,अभिनय र द्धन्द्धमा पनि पोख्त थिए । त्यसैले त उनी दर्शकका हिरो थिए । उनी अर्थात अभिनेता श्रीकृष्ण श्रेष्ठ । तर तिनै हसालु स्वभाबका श्रीकृष्णलाई भगवानले टपक्कै टिपेर आफ्नो बुहमा कसेर लगे अनि सारा नेपालीलाई रुवाएर गए । र्फकेर आउ श्रीकृष्ण भन्दै उनलाई सम्झेर रुने मान्छे धेरै छन् ,मन्दिरमा गएर उनी जिवित हुन भन्दै पुजा गर्ने मान्छे पनि कयौ छन्,तर भगवानको लीला कसले पो टार्न सक्छ होला र । करिब ३ दशक देखी चलचित्रनगरीमा अनबरत रुपमा लागी परेका श्रीले यति बेला सारा नेपालीलाई रुवाएका छन् ।

1510749_317212228452944_541724631856608794_n

अब उनलाई आम दर्शकहरुले देख्न पाउने छैनन्,र्हन पाउने छैनन् अब उनले खेलेका नयाँ फिल्महरु अब र्हन पाउने छैनन् किनकी अब श्रीले यो संसारबाट सबैलाई छोडेर भगवानका प्यारा भएका छन् । अब उनी दर्शकले रोएको सुन्ने छैनन् अब उनी कहिले र्फकने छैनन् । १ सय भन्दा बढि चलचित्रमा अभिनय गरेका श्रीले उनको प्राय चलचित्रहरुले ५१ दिन मनाउन सफल भएका थिए त्यसैले पनि आम दर्शकको ढुकढुकी थिए श्री । सबैलाई हाँनु पर्छ,हासेर बाच्नु पर्छ भनेर सिकाउने श्रीले आज सबैलाई आसुको धारामा छोडेर गएका छन् । कहिले पुछ्न नआउने गरी । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए ।

%d bloggers like this: