Thu. Apr 25th, 2024

यो सुन्दा सायद सम्पुर्णलाई अचम्म लाग्न सक्छ फेरी गयो सिन्धुपाल्चोकमा पहिरो भन्ने तर त्यो नभई त्यहि जन्मिएका नायक श्रीकृष्ण श्रेष्ठको मुत्युले भने फेरी अर्को पहिरो दोहोरिएको छ सिन्धुपाल्चोकमा । सिन्धुपाल्चोकको घुम्थाङ्गमा जन्मी नेपाली रजतपटमा भित्रिएका नायक श्रीकृष्ण श्रेष्ठको निधनले फेरी एउटा पहिरो थपेको छ सिन्धुपाल्चोकका बासिन्दालाई ।

10550947_310919275748906_3517399237756769788_n

एउटा घाउ पुरिन नपाउदै अर्को घाउ सहनुपरेको छ यति बेला सिन्धुपाल्चोक बासिनदालाई मात्र होइन सिग्गो नेपालीहरुलाई । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । राजदुतावासको सहयोगमा सम्मानपूर्वक श्रीको पार्थिव शरिर नेपाल ल्याउने तयारीमा चलचित्र बिकास बोर्डले राज्यको तर्फबाट श्रद्धाञ्जलीको कार्यक्रम तय गरेको छ । एयरपोर्ट देखिनै ठूलो सम्मानका साथ उहाँको श्रद्धाञ्जलीको कार्यक्रम हुनेछ ।

%d bloggers like this: