Thu. Apr 25th, 2024

करिब ३ दशक नेपाली सिनेनगरीमा विताएका नायक श्रीकृष्ण श्रेष्ठले संसार छोड्नु अघि भनेका थिए आफ्ना श्रीमती स्वेता खड्का र दाई मिन कृष्ण श्रेष्ठलाई यदि म मरे भने मरो शव नेपाल नलौजानु मेरा दर्शक र आमालाई पिडा हुन्छ । यि शब्द श्रीकृष्णले चलचित्रमा अभिनय गर्दा खेरी धेरै पटक भनेका तर भगवानको लीला न हो यो संसार छोड्नु अघि उनले गहभरी आसु राख्दै भनेका गहन शब्द हुनु यि । शनिबार राती भगवानका प्यारा भएका नेपाली सिनेनगरीका नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

1510749_317212228452944_541724631856608794_n

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । राजदुतावासको सहयोगमा सम्मानपूर्वक श्रीको पार्थिव शरिर नेपाल ल्याउने तयारीमा चलचित्र बिकास बोर्डले राज्यको तर्फबाट श्रद्धाञ्जलीको कार्यक्रम तय गरेको छ । एयरपोर्ट देखिनै ठूलो सम्मानका साथ उहाँको श्रद्धाञ्जलीको कार्यक्रम हुनेछ । शवलाई नेपाल ल्याउन काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त बिहान दिल्ली गएका छन् । दिल्लीमा श्रेष्ठ पत्नी श्वेता र दाजू मिन छन् ।

%d bloggers like this: