Fri. Apr 19th, 2024

शनिबार राती भगवानका प्यारा भएका नेपाली सिनेनगरीका नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल लयाउने तयारी भइरहेको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । असार २३ मा नायिका स्वेता खड्कासँग विवाह गरेर हनिमुन मनाउन सिम्ला पुगेका थिए । त्यहीबेला विरामी परेपछि उपचारका लागि अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको खबर आएको थियो ।

1510749_317212228452944_541724631856608794_n

श्रीकृष्णको शवलाई सरकारी खर्चमा नेपाल ल्याउन लागिए बताइएको छ । कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृतिमन्त्री भीम आचार्यलाई भेटेर शव नेपाल ल्याउनको लागि पहल गरिदिन आग्रह गरेका थिए । अहिले दिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक प्रमुखसहित अन्य पदाधिकारी एपोलो अस्पतालमा छन् । एमाले अध्यक्ष केपी ओलीको आग्रह पछि भारतीय सरकारी अधिकारीसमेत अस्पताल पुगी श्रेष्ठको शवलाई नेपाल ल्याउन सहयोग गरिरहेका छन् । शवलाई नेपाल ल्याउन काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त बिहान दिल्ली गएका छन् । दिल्लीमा श्रेष्ठ पत्नी श्वेता र दाजू मिन छन् ।

%d bloggers like this: