Fri. Apr 26th, 2024

मान्छे सधै यो संसारमा कोपो सधै बाचिरहन सक्छ होला र ढिलो चाडो न हो एकदिन त यो संसार सबैले छोड्नै पर्छ । तर मुत्यु पनि धेरै तरिकाका हुदाँ रैछन् । केहि दिन अगाडी नेपालका डन गुण्डा दिनेश अधिकारी चरी मर्दा सायद रुने मान्छे कोहि थिइनन् तर आज विहान मात्र यो संसारबाट भगवानका प्यारा भएका नेपालीसिनेगरिका हुनाहार कलाकार श्रीकृष्ण श्रेष्ठको निधन हुदाँ यति बेला देश नै शोकाकुल बनेको छ । किनकी उनलाई मन सम्म सजाउने मान्छे धेरै थिए । नेपाली सिनेनगरिलाई निकै राम्रो र सफल चलचित्र दिइसकेका नायक श्रीकृष्णलाई आज भगवानले टपक्कै टिपेर लगी दिए । श्रीकृष्णको बेडमा अडेस लगाएर बसेकी आफ्नी धर्मपत्नीले समेत पत्तो पाइनन् भगवनको लिला ।

10589126_339858392839213_304208209_n

विहान करिब ४ बजे तिर श्री उठ्नु न भन्दा केहि बेर सम्म श्रीकृष्ण नबोले पछि त्यहि श्रीकृष्णकै सिनानीमा मुर्छा परिन श्रीकृष्णका धर्मपत्ती एवं नायिका स्वेता खड्का । विवाह भएका मात्र १ महिना पुगेको थियो हनिमुन मनाउन भारतको सिम्ला पुगेका उनीहरु त्यहि श्री विरामी परेपछि भारतको एपोलो हस्पिटलमा भर्ना भएका थिए । दुई बर्ष सम्म बच्चा नजन्माउने मनसायमा रहेका उनीहरु भगवानले नै ति कुरा पुरा हुनबाट उनीहरुलाई बञ्चीत गराइदिए । बि स २०४९ सालमा छबिराज ओझाको चलचित्र नाता बाट नेपाली रजतपटमा प्रवेश गरेका नेपाली सिनेमामा एक कुशल नायकको आवश्यकता यति बेला नेपालीसिनेनगरिलाई छ । धर्ति , आफ्नो मान्छे , आफन्त , पाहुना , बरपिपल , गोर्खाली , माइती , अजम्वरी नाता , हाम्रो माया जुनिजुनिलाइ , गुरुचेला , गरिव , नाता , नाता रगतको , भरोसा , राम बलराम ,श्रीमान् श्रीमति , सुख दुख ,मानिस , उपहार , एकफेर हासि देउन, कहाँ भेटिएला र प्रर्दशनर तर चलचित्र कोहिनुर सम्म आइपुग्दा उनले १०० भन्दा बढि सिनेमामा नायकको रुपमा अभिनय गरि सकेको छन् । विवाह भएको एक महिना वित्न नपाउदै अब स्वेताको आज वेलुकी सम्ममा सिउदोको सिन्दुर पछिने छ ,हातका चुरा फुटाइने छ र यो समाजले भन्ने छ अब स्वेतालाई विधुवा । ३० बर्ष पुरा भएकी स्वेता नायिका मात्र होइन उनी एक सफल विजनेश व्यक्ति पनि हुन् ।

%d bloggers like this: