Fri. Mar 29th, 2024

आज विहान मात्र भगवानका प्यारा भएका नेपाली सिनेनगरिका नायक श्रीकृष्ण श्रेष्ठको मृतक शरिर आज बेलुका सम्ममा नेपाल ल्याइने बताइएको छ । त्यस्तै उनकी धर्मपत्नी अर्थात नेपाली सिनेनगरिकी एक सफल नायिका स्वेता खड्का यति बेला वेहोस अबस्थामा रहेकी स्रोतले बताएकोे छ । हाल उनीहरु सगँ श्रीकृष्णका दाजु थिए भने अहिले अन्य आफ्न्तहरु पनि हस्पिटल  पुगी सकेका छन् ।

shrikirshna

असार २३ गते नायिका स्वेता खड्का सगँ विवाह बन्धनमा बाधिए पछि हनिमुन मनाउन भारतको सिम्ला पुगेका श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का त्यहि रहदाँ श्रीकृष्ण विरामी परेपछि भारतको एपोलो हस्पिटलमा भर्ना गरिएको थियो । फोक्सोमा पानी जमेका कारण निकै महिना देखी विरामीबाट थलिएका श्रीकृष्ण आज विहान मात्र संसारबाट टाढिएका छन् । निकै चर्चित चलचित्रहरु दर्शकलाई दिईसकेका उनले उनको पछिल्लो चलचित्र कोहिनूर यति बेला देशभर प्रदर्शनमा छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र कोहिनूरले यति बेला राम्रो कमाई गरिरहेको छ । यति बेला विभिन्न संघ संस्था तथा चलचित्रकर्मीहरुले सामाजिक सञ्जाल देखी विभिन्न माध्यमबाट श्रदाञ्जली व्यक्त गरिरहेका छन् ।

%d bloggers like this: