Fri. Apr 19th, 2024

भनिन्छ मान्छे सधै सगै बस्न कहाँ पाउछ र एक दिन त भगवानको प्यारो हुनै पर्छ । यो प्रसंग हो निकै बर्ष देखी विरामीको अबस्थामा थलिएका नायक श्रीकृष्ण श्रेष्ठको । उमेरले झण्डै ५० बर्ष नाघिसकेका नायक श्रीकृष्ण श्रेष्ठ आज विहान मात्र भगवानका प्यारा भएका छन् । नेपाली सिनेनगरिमा करिब ५ दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका श्रीकृष्णलाई आज देखी यो सिनेनगरिमा देख्न पाइने छैन् ।

10550947_310919275748906_3517399237756769788_nअब श्रीकृष्ण भगवानको शरणमा पुगेका छन् । निकै मिजासिलो स्वभाबका श्रीकृष्णले कहि दिन अगाडी मात्र विवाह बन्धनमा बाधिएका थिए । अर्थात असार २३ गते । हनिमुन मनाउनका लागी भारतको सिम्ला पुगेका श्रीकृष्ण फोक्सोमा पानी जमेका कारण एक महिना देखी भारतको एपोला हस्पिटलमा उपचार गराईरहेका थिए । २०४७ सालमा छविराज ओझाको फिल्म  नाताबाट  नेपाली रजतपटका भित्रिएका श्रीकृष्णले केहि दिन अगाडी मात्र आफ्नो राजकुमारी बनाएका नायिका स्वेता खड्कालाई समेत एक्लै बनाएका छन् ।  उनको पछिल्लो फिल्म कोहिनूर शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रले राम्रो व्यापार गरिरहेको अबस्थामा अब यो समाचारले आम दर्शकहरुलाई निकै र्ममाहित बनाएका छ ।  यति बेला नेपाली सिनेनगरिले एउटा हुनाहार कलाकार गुमाएको छ ।

%d bloggers like this: