Sat. Apr 20th, 2024

पछिल्लो समय नेपाली सिनेनगरिबाट ओझेल बन्दै गएका नायिका ऋचा शर्मा र अभिनेता कर्मा शाक्यले प्लाष्टिकका झोला घटाऔं अभियानमा लागेका छन् । नेपालबाट प्लाष्टिकका झोला ०७१ सालसम्म घटाऔं, ०७२ सम्म हटाऔं भन्ने मूल नाराका साथ दि जेन नेप–राष्ट्र पहिले युवा सञ्जालले अभियान सञ्चालन गरेको छ ।

youth

आज काठमाडौंमा पत्रकार सम्मेलनमा ०७२ साल सम्ममा प्लाष्टिकका झोला पुर्ण रुपमा हटाऔं भन्दै आयोजकको समर्थनमा ऋचा शर्मा र कर्मा शाक्यले पनि ऐक्यबद्धता जनाएका छन् । त्यस अभियानलाई नायिका ऋचा शर्मा र अभिनेता कर्मा शाक्य ऐक्यबद्धता व्यक्त गरेका छन् । उनीहरुले आफूहरु पनि प्लाष्टिकका झोला प्रयोग गर्नुहुँदैन भनेर विगत ७ महिनादेखि यो अभियानमा लागेको प्रष्ट पारेका छन् । अभिनेत्री ऋचा शर्माले त आफूले जिन्दगीमा कहिल्यै पनि प्लाष्टिक प्रयोग नगर्ने भनेर प्रतिबद्धता नै व्यक्त गरेको स्मरण गर्दै आगामी दिनमा सवैलाई प्लाष्टिकका झोलालाई प्रतिबन्ध गर्न समेत आग्रह गरेकी छिन् ।

%d bloggers like this: