Fri. Mar 29th, 2024

भाद्र २७ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र निशानीको एउटा र्शीष गीत सार्वजानिक भएको छ । गोर्खा पल्टन चलचित्रले राम्रो व्यापार गरेपछि निकै हौसिएका गायक एवं नायक प्रशान्त तामाङको पछिल्लो चलचित्र निशानी यहि भादै २७ गते देशभर प्रदर्शनमा आउदै छ । लाहुरे विर गाथाको बास्तविक कथामा आधारित चलचित्र निशानीको ‘यो रमाइलो गाँउमा घुम्दै आएको’ नामक गीत रिलिज भएको छ ।

10589806_490574424419605_193828623_n

आज चलचित्र युनिटले सो गीत युटुबमार्फत रिलिज गरेको हो ।  विनोद सेरेङले निर्देशन गरेको चलचित्र निशानीलाई प्रेम सुब्बाले निर्माण गरेका हुन् । चलचित्रमा प्रशान्त तामाङ, प्रेम सुब्बा, अनु गुरुङ, सिरु बिष्ट, सुरज रानाभाट लगायतका कलाकारले अभिनय गरेका छन् । जनक गुरुङको एक्सन, युवराज राइको छायांकन, बीबी अनुरागीको संगीत, गोविन्द राइको नृत्य  चलचित्रमा रहेको छ । साथै चलचित्रलाई सरोज भण्डारी र ललिता सेरेङले सह-निर्माताको रुपमा लगानी गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=BzAEUoctWeo

%d bloggers like this: