Fri. Mar 29th, 2024

बलिउड चलचित्रमा एकछत्र राज गदै आएका किंगस्टार शाहरुख खान अब नेपाल आउने भएका छन् । बलिउडमा मात्र होइन उनका फ्यान नेपालमा पनि लाखौ छन् । अब बलिउड स्टार शाहरुख खान सगँ नेपालीले प्रत्यक्ष रुपमा नै उनीसगँ नाच्न पाउने छन् । तर केहि सिमित व्यक्तिले मात्र । कान्साई नेरोल्यका पेन्ट्सले नेपालमा बलिउड स्टार शाहरुख खान ल्याउन खोजिएको हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरि बताएको छ ।

10495128_10152568617615295_5020658851086214771_o

२५,००० भन्दा बढि कान्साई नेरोल्यका पेन्ट्स खरिद गदा{ एउटा स्क्र्याच कुपन पाइन्छ र सो स्क्र्याच कुपनमा रहेको नं कोड नंम्बर (knp टाइप) गरि ४५५५ मा एसएमएस गरे बलिउड स्टार शाहरुख खानलाई भेट्न पाइने छ । र शाहरुख खान सगँ नाच्ने र शाहरुख खानले हस्ताक्षर गरेको टाइन्ट समेत विजेताले पाउने आयोजकले बताएको छ । शाहरुख खान तिहार सकिए लगत्तै नेपाल आउने छन् । हिजो आयोजित पत्रकार सम्मेलनमा हाँस्य कलाकार विल्सनविक्रम राई,नायिका प्रियंका काकी{ लगायतका कलाकारहरु पनि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

%d bloggers like this: