Thu. Apr 18th, 2024

पछिल्लो समय एक आपसमा चलचित्रहरु एक साथ एकै मितिमा दुई देखी तिन वटा सम्म चलचित्रहरु प्रदर्शनमा आइदिदाँ चलचित्रको व्यापार सोचे अनुरुपको हुन सकेको छैन् । त्यहि क्रममा आज फेरी एक साथ दुई चलचित्र देशभर प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन् शीशा र कोहिनूर । यि दुवै चलचित्रलाई यति बेला निकै आशावादी चलचित्रको रुपमा हेरिएको छ । तर चलचित्र कोहिनूरका मुख्य पात्र नै नेपाल नभइदिदाँ चलचित्रले सोचे अनुरुपको व्यापार भने गर्न नसक्ने धेरैले अनुमान लगाएका छन् । असार २३ गते विवाह बन्धनमा बाधिएका चलचित्र कोहिनूरका जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का हनिमुन मनाउन भारतको सिम्ला भएको अबस्थामा चलचित्रका लगानीकर्ता एवं नायक श्रीकृष्ण श्रेष्ठ विरामी परेपछि करिब १ महिना वित्न लाग्दा समेत उनीहरु नेपाल नआइदिदाँ चलचित्रको भनेको जस्तै प्रमोशन भने हुन सकेको छैन् । तयसकारण पनि चलचित्रले सोचे अनुरुपमा व्यापार गर्न नसक्ने बताइएको छ । उता शीशाको सम्पुर्ण युनिट भने अहिले चलचित्रहलमा पुगिसकेको छ । मनोरञ्जन संसारडटकमलाई जानकारीमा आए अनुसार विहानको शो हाउस फुल भएको बताइएको छ । त्यस कारण पनि यति बेला चलचित्र युनिट निकै हौसिएको छ ।

प्रस्तुत छ आज देखी देशभर प्रदर्शनमा आएको चलचित्र शीशा र कोहिनूरका बारेमा केहि जानकारी :

10410206_1414476828839710_8463123848158672257_n

शीशा :
आर.बी.के ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र शीशामा मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी।एस।राण लगायतका कलाकारहरुले चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका छन् । भारतको सिक्किममा सम्पुर्ण छायंकन गरिएको चलचित्र शीशालाई लक्की सिटौला र मनोज सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य, रामकुमार केसी र कुमार वखतीको छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन गरेका छन् । चलचित्रको ‘मखमली नयन सगै’ नामक गीत यति बेला निकै चर्चामा छ । केहि समय यति देखी नायक जीवन लुइटेलका फ्यानहरुले उनको मुख्य भूमिका रहेको चलचित्र हेर्न पाएका छैनन् । त्यस कारण पनि चलचित्र ‘शीशा’ले व्यापारिक रुपमा केही कमाल मच्चाउन सक्ने अनुमान लगाइएको छ ।

kohinoor-poster

कोहिनूर :
आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्र कोहिनूर चेलिबेटी बेचबिखनको विषयलाई लिएर निर्माण गरिएको नारीप्रधान चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, स्वेता खड्काका साथमा मिथिला शर्मा, सम्राट सापकोटा, मार्टिन खान, मुकुन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । याम थापा र विशाल सुब्बाको पटकथा रहेको उक्त चलचित्रको छायांकन राजु थापाले गरेका हुन् । बसन्त श्रेष्ठको नृत्य निर्देशन र राजेन्द्र खड्कीको द्धन्द्धनिर्देशन रहेको ‘कोहिनूर’लाई वनिश शाहले सम्पादन गरेका छन् । चलचित्रलाई नायक श्रीकृष्ण श्रेष्ठले नै लगानी गरेका हुन् ।

%d bloggers like this: