Tue. Apr 23rd, 2024

केहि समय अगाडी हार्ट अट्याकमा परि अस्पताल समेत भर्ना भएका र अहिले आराम गरिरहेका नेपाली सिनेनगरिका बरिष्ठ कलाकार नीर शाह नेपाल टेलिभिजनको अध्यक्ष पदमा नियुत्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषदको बैठकले नीर शाहलाई अध्यक्षमा नियुत्त गरेको हो । शाहले २०४२ पश्चात झण्डै दश बर्ष सरकारी टेलिभिजनको नेतृत्व समेत गरेका थिए ।

Nir-Shah

शुक्रबार देखी नै आफनो काम सम्हाल्न टेलिभिजन जाने नीर शाहले बताएका छन् । निकै लामो समय देखी नेपाली सिनेनगरिमा आवद्ध नीर शाहले झण्डै १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेका प्राय चलचित्रहरु निकै चर्चित समेत छन् । नीर काँग्रेस निकटका मानिन्छन् । त्यसैले पनि नेपाल सरकारका सञ्चारमन्त्री मिनेन्द्र रिजालले नीर शाहलाई अध्यक्षका लागी मनोनित गरेका खबर बाहिरिएको छ । मन्त्री परिषदको निर्णय प्रति नीर शाह निकै खुसी देखिएका छन् ।

%d bloggers like this: