Wed. Apr 24th, 2024

आर.बी.के ‘शरद’को निर्देशनमा तयार भएको चलचित्र शीशा साउन २३ गते अर्थात भोली देखी देशभर प्रदर्शनमा आउन लागेको छ । मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतका कलाकारहरुले चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका छन् ।

42

भारतको सिक्किममा सम्पुर्ण छायंकन गरिएको चलचित्र शीशालाई लक्की सिटौला र मनोज सिंहको संगीत, अष्ट महर्जनको द्वन्द्व, कमल राई र दिनेश अधिकारीको नृत्य, रामकुमार केसी र कुमार वखतीको छायांकन, कृष्ण पौडेलको मुख्य सहायक निर्देशन गरेका छन् । चलचित्रको ‘मखमली नयन सगै’ नामक गीत यति बेला निकै चर्चामा छ । केहि समय यति देखी नायक जीवन लुइटेलका फ्यानहरुले उनको मुख्य भूमिका रहेको चलचित्र हेर्न पाएका छैनन् । त्यस कारण पनि चलचित्र ‘शीशा’ले व्यापारिक रुपमा केही कमाल मच्चाउन सक्ने अनुमान लगाइएको छ ।

%d bloggers like this: