Fri. Mar 29th, 2024

नेपाली चलचित्रनगरिमा प्राय चलचित्रका निर्देशक परिपक्क नै हुन्छन् किनकी उनीहरुले चलचित्रका बारेमा केहि बुझेका हुन्छन् । तर अहिले सम्म तपाईहरु यस्तो खबर सुन्नुभएको छैन होला सायद एक बालकले पनि चलचित्र निर्देशन गर्ने भन्ने । तर अब त्यो कुरा तपाईहरुले पत्याउनै पर्ने हुन्छ । किनकी नेपाली सिनेनगरिमा ८ बर्षमा बालक अब चलचित्र निर्देशन गर्ने भएका छन् । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरि नायक गजित विष्टका ८ बर्षका छोरा सौगात विष्टले चलचित्र निर्देशन गर्ने बताइएको हो । निकै भब्य कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालन भइराख्दा समेत सौगात कार्यक्रम स्थलमा देखिएका थिएनन् । तर उनका वुबा गजित विष्ट भने कार्यक्रममा उपस्थित थिए । तर कार्यक्रमको सुरुवातमा राखिएको एउटा निकै रोमाञ्चक गीतमा डान्स गरेका केहि डान्सरहरुले नाचिरहेको ठाँउबाट चलचित्रका निर्देशक सौगात विष्टलाई निकालेपछि त्यहाँ उपस्थित भएका करिब सम्पुर्ण आश्चर्य चकित परेका थिए ।

unnamed

त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्दै ८ बर्षका बालक सौगात विष्टले आफु अब चलचित्र लब यू बाबा निर्देशन गर्न लागेको बताए । हरेक बोलीमा हँसाएका सौगातले बाबु गजित बिष्टको प्रेरणाले आफु अब चलचित्र निर्देशन गर्न लागेको बताए । चलचित्र ‘लभ यू बाबा’ १० बर्षकी एक बालिकाको कथामा चलचित्र घुम्ने छ । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्माको मुख्य भूमिका रहनेछ । चलचित्रमा अथिती भूमिकामा भने नायिका अनु शाह र संचारकर्मी सुव्रत आचार्य देखिनेछन् ।

unnamed (1)

 चलचित्रमा स्वरुपराज आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत, गम्भीर बिष्टको पटकथा, संवाद र नृत्य, गजित बिष्टको कथा, चन्द्र पन्तको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, प्रितम पाण्डेको सम्पादन रहेनछ । चलचित्रमा निर्देशक सौगातकी आमा संझना पोख्रेलको मुख्य लगानी रहेनछ । चलचित्रलाई रोशनी बज्रचार्यको सह(निर्माण गर्ने छिन् । अब केहि दिन भित्रमा नै चलचित्रको छायंकन हुने बताइएको छ । कस्तो बन्ने छ ८ बर्षका बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा त्यो भने भोलीका दिनले नै देखाउने छ ।

%d bloggers like this: