Wed. Apr 24th, 2024

बलिउडका सुपरस्टार शाहरुख खान सगँ अर्का बलिउड स्टार अजय देवगन विच निकै दुस्मनी छ भन्ने खबर यति बेला बलिउडमा निकै चर्चामा छ । तर अजय देवगनले भनेका छन् ‘मिडियाहरुले त्यसै हंगामा मच्चाएका मात्र हुन् न मेरो साथी हुन् शाहरुख खान न त दुस्मन नै ।’ यि दुई नायक विच आफनो आफनो फिल्म जब तक है जान र सन ऑफ सरदारको रिलिज एकै मितिमा भएको थियो त्यसबेला नै उनीहरु विच झगडा समेत भएको थियो ।

ajay_450_080614081323

अजयले भनेका छन् ‘शाहरुख खान सगँ मेरो कुनै पनि तालमेल छैन् म अझै पनि न म उसलाई साथी सम्झन्छु न त दुस्मन नै ।’ शाहरुख खान सगँको झगडाको विषयमा बोल्दै अजयले भनेका छन् ‘जब तक है जान मा शाहरुख खानको कुनै पनि हस्तक्षेप थिएन् । यसको विवाद त अजय देवगन फिल्मस् र यश राज फिल्मसको थियो । उ आफनो फिल्म बचाउन चाहेको थियो भने म पनि आफनो फिल्म बचाउन चाहेको थिए । त्यसैले शाहरख खान र मेरो न साथिको सम्बन्ध छ न त दुस्मनीको नै ।’ अजय देवगनको पछिल्लो चलचित्र सिंघम सिर्टन्स प्रदर्शनको तयारीमा जुटेको छ । अगस्ट १५ मा सिंघम सिर्टन्स प्रदर्शनमा आउने लागेको हो ।

%d bloggers like this: