Fri. Apr 19th, 2024

भदौ ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘उत्सव’को अर्को गीत रिलिज भएको छ । ‘लौ सुन एउटा सन्देश’नामक गीत आज चलचित्र युनिटले युटुब मार्फत सार्वजानिक गरेको छ । गीतमा चलचित्र ‘उत्सव’का तिन नायक तथा एक नायिका क्याम्पसमा निकै कमेडी मुडमा गीत गाएको देख्न सकिन्छ ।
425978_4476191999535_8147592714838930879_n
‘मुग्लान’जस्तो सफल चलचित्र निर्माण गरेका शेखर कोइरालाले ‘उत्सव’मा लगानी गरेका छन् । यसै फिल्मबाट आफनो छोरा संगोज कोइरालाले पनि चलचित्रमा डेब्यु गरेका छन् । कुमार भट्टराईले निर्देशन गरेको चलचित्र ‘उत्सव’मा सौगात मल्ल,संगोज कोइराला,गौरब पहारी,प्रकृति श्रेष्ठ,मेनुका प्रधान ,सन्दिप क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भिन्दा भिन्दै भुमिकामा देखिने गरेका नायक ‘सौगात मल्ल’ यस चलचित्र ‘उत्सव’मा भने निकै कमेडी भुमिकामा उनलाई देख्न सकिन्छ ।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 
https://www.youtube.com/watch?v=PAvW1dy86CE

%d bloggers like this: