Fri. Apr 26th, 2024

भदौ २० गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस्’को अर्को ट्रेलर रिलिज भएको छ । यस भन्दा अघि ४७ मिनेटको ट्रेलर सार्वजानिक गरिएको थियो भने अहिले १ मिनेट ३१ सेकेण्डको ट्रेलर रिलिज गरिएको छ । हिजो चलचित्र युनिटले युटुब मार्फत चलचित्र ‘बिर्खेलाई चिन्छस्’को ट्रेलर रिलिज गरेको थियो ।

birkhelai-chanxas

यस भन्दा अघि चलचित्रको गीत र ट्रेलरले बजारमा निकै राम्रो प्रतिक्रिया बटुल्दै गएको बेला चलचित्र ‘बिर्खेलाई चिन्छस्’को यस ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाउनेमा चलचित्र युनिट निकै विस्वस्त छ । हिजो मात्र सार्वजानिक गरिएको ‘बिर्खेलाई चिन्छस्’को ट्रेलरमा कलाकार तथा चलचित्रका निर्माता सुवास थापालाई विभिन्न कमेडी भुमिकामा देख्न सकिन्छ । अराज केशवले निर्देशन गरेको चलचित्रमा नायिकाको रुपमा आयुषा राई छिन् भने नायकका रुपमा चलचित्रका निर्माता तथा कलाकार सुवास थापा देखिएका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=3XrT8sXjXXY#t=22

%d bloggers like this: