Fri. Mar 29th, 2024

नेपालमा पहिलो पटक एउटा भिन्दै कार्यक्रम आयोजना हुने भएको छ । ‘गीतार माइस्ट्रो ३, मास्टर अफ स्ट्रिङ’को आयोजना गीतार बजाउनेहरुलाई सुर्वण अबसर दिने हिसाबले प्रतियोगिताको अडिसन साउन ३० गतेबाट सुरु हुनेछ । १६ देखि ३५ बर्षसम्मको व्यक्तिले अडिसनमा भाग लिनपाउने छन् ।

guitar

आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरि मास्टर अफ स्ट्रिङ’ संस्थाले ‘अनप्लग्ड, एकोष्टिक गीतार विथ ए रिनाउन्ड सिंगर, माई अन स्टाइल, मेटल, फ्युजन, रक एण्ड रोल, सिङगिङ, बुलेट ब्याटल, साउण्ड इफेक्ट एण्ड स्टन्ट र कम्पोजिसन थिम म्युजिकजस्ता विधामा प्रतियोगीहरुले गीतार बजाउने छन् । काठमाडौं,पोखरा, विराटनगर, धनगढी र भारतका सिक्किम, दार्जिलिङ जस्ता विभिन्न ठाँउहरुमा अडिसन सुरु हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक विनोद ओझाले बताए । शो’को पहिलो संस्करण २०१० मा र दोस्रो संस्करण २०१२ मा राजधानीमा भएको थियो ।

%d bloggers like this: