Fri. Apr 19th, 2024

साउन १६ गते देखी देखी देशभर प्रदर्शनमा आएको चलचित्र मेरो भयालेन्टाइनले आज काठमाडौको कुमारी हलमा आफनो च्यारेटि शो सम्पन्न गरेको छ । पत्रकार,कलाकारहरु आदीको भब्य उपस्थितिमा मेरो भयालेन्टाइनले च्यारेटि शो सम्पन्न गरेको हो । च्यारेटि शोमा चलचित्रका सम्पुर्ण कलाकारहरु देखी निर्माता,निर्देशकहरु उपस्थित रहेका थिए । च्यारेटि शो हेर्न आएका पत्रकार तथा कलाकारहरुले चलचित्रलाई निकै मनपराएका थिए । चलचित्रमा केहि कमी कमजोरी भएता पनि समग्रमा चलचित्र राम्रो बनेको हेर्न आउने दर्शकहरुले बताएका छन् ।  चलचित्र हेर्न आएका प्राय सम्पुर्णले नायक वावु वोगटीको कमेडि भुमिकालाई निकै मनपराएका छन् । प्रदर्शनको क्रममा निकै राम्रो प्रतिक्रिया पाइरहेको मेरो भ्यालेन्टाइनले सोचेको जस्तै व्यापार पनि यति बेला गरिरहेको छ ।

10592807_10153512231012619_573813498612816212_n

यति बेला मेरो भ्यालेन्टाइन चलचित्र देशभर गरि करिब ४० वटा भन्दा बढि सिनेमाघरहरुमा लागीरहेको छ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्र मेरो भ्यालेन्टाइनलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा रोशन श्रेष्ठ द्धन्द्ध निर्देशन रहेको छ ।

%d bloggers like this: