Thu. Apr 25th, 2024

साउन २३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र शीशालाई पछिल्लो समय निकै आशाबादी चलचित्रको रुपमा हेरिन थालिएको छ । एक पछि अर्को गदै चलचित्रहरु प्रदर्शनमा आएपनि चलचित्रहरुले सोचे अनुरुपको व्यापार नगरिरहेको अबस्थामा शीशाले केहि राम्रो सन्देश दिने चलचित्रका जानकारहरु बताउछन् । सिकिक्मका विभिन्न ठाँउहरुमा छायंकन गरिएको चलचित्र शीशामा निकै मनमोहक दृश्यहरु समावेश गरिएको छ ।

42

आर.बि.के.(शरद के.सी.)को निर्देशनमा तयार भएको चलचित्र ‘शीशा”लाई ननस्टप क्रियशनको व्यानरमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गीले मिलेर निर्माण गरेका हुन् । चलचित्र शीशामा जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ । अझ चलचित्रलाई एक व्यक्तिको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको छ । भारतीय फुटबलक पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेत चलचित्रको मुख्य पात्रका रुपमा देखिदै छन् । फिल्ममा तारा थापाको सम्पादन, लक्की सिटौलाको संगीत तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ । अहिले नेपाली बजारमा चलचित्र शीशाको ‘मखमली नयन सगै’नामक गीतले यति बेला निकै चर्चा बटुल्दै गइरहेको छ ।

%d bloggers like this: