Thu. Mar 28th, 2024

असार २३ गते नायिका स्वेता खड्का सगँ वैबाहिक जीवनका बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ हनिमुन मनाउन भारतको सिम्ला पुगेको पनि झण्डै २५ दिन हुन लाग्यो तर अहिले सम्म उनीहरु कहाँ छन् कस्तो अबस्थामा छन् कसैलाई थाहा छैन् । केहि दिन अगाडी मात्र श्रीकृष्णका दाजु श्रीकृष्णको अबस्था बुझन भारत गए पनि अहिले सम्म उनको अबस्था सार्वजानिक हुन सकेको छैन् । हिजोमात्र खबर आए अनुसार उनलाई निमोनियाका कारण भारतको अस्पतामा रहेका छन् भनिएपनि उनी अहिले भारतको कुन अस्पतामा कस्तो अबस्थामा छन् यो कसैको खोजीको विषय बन्न सकेको छैन् ।

10550947_310919275748906_3517399237756769788_n

यो भन्दा पनि अगाडी श्रीकष्ण विरामी हुदाँ धेरैले मन्दिर समेत गएर धेरैले श्रीकष्णको स्वास्थ लाभको कामना गरेका थिए तर अहिले उनको अबस्था समेत सार्वजानिक नहुदाँ श्रीकृष्ण अहिले निकै गम्भिर समस्यामा हुन सक्ने अनुमान धेरैले लगाएका छन् । उनको साथमा श्रीकृष्णकी पत्नी स्वेता पनि साथमा छिन् । यसरी नेपाली सिनेनगरिका एक हुनाहार कलाकारको कस्तो अबस्थामा छन्,के भइरहेको छ भन्ने विषयमा नेपालका कुनै पनि चलचित्रका न व्यक्तिले उनको बारेमा जानकारी दिएका छन् न त संघ स्स्थाहरुले नै उनको बारेमा चिन्ता र चासो देखाएका छन् । यसरी नेपाली सिनेनगरिका कलाकार यस्तो अबस्थामा छन् भन्ने खबर बारम्बार मिडियामा आए पनि किन बुझन चाहादैनन् चलचित्र र चलचित्रकर्मीहरुको हकहितमा लाग्ने संस्थाहरु ? श्रीकृष्णको अबस्था सार्वजानिक र्गनृ मेडिकल वुलेटिन अहिले सम्म निकालिन सकेका छैनन् । श्रीकृष्णको अबस्था बुझन पाउने अधिकार आम दर्शृकहरुलाई हुदाँ हुदै पनि श्रीकृष्ण श्रेष्ठको अबस्था भित्र भित्र लुकाउन खोजीएको देखिन्छ । श्रीकष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कोहिनूर यहि साउन २३ गते देशभर प्रदर्शनमा आउदैछ । तर चलचित्रका दुई पात्र अर्थात श्रीकृष्ण र स्वेता नै नेपालमा नभईदिदाँ चलचित्रको राम्रो सगँ प्रमोशन भने हुन सकेको छैन् । कि त चलचित्र चलाउनका लागी श्रीकृष्णको विरामीको अबस्था सार्वजानिक नगरेको हो अर्थात अरु नै के हो सारा दर्शक यसको प्रतिक्षामा छन् ।

%d bloggers like this: