Thu. Apr 25th, 2024

पछिल्लो समय नेपाली चलचित्रहरुको व्यापार सोचे अनुरुपको नभईरहेको अबस्थामा साउन १६ गते देखी देशभर प्रदर्शनमा आएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ले भने सोचे अनुरुपकै व्यापार गर्न सफल भएको छ । झण्डै देशभर गरि ४० भन्दा बढि चलचित्रहलहरुमा प्रदर्शन भइरहेको चलचित्र मेरो भ्यालेन्टाइनको व्यापार राम्रो रहेको चलचित्र युनिटले बताएको छ ।

add_mero_valentine

यति बेला नेपाली बजारमा कुनै पनि नेपाली चलचित्र नचलेका कारण पनि चलचित्र मेरो भयालेन्टाइनले राम्रो व्यापार र्गन सफल भएको बताइएको छ । सुरज सुब्बाले निर्देशन गरेको चलचित्र मेरो भ्यालेन्टाइनलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा रोशन श्रेष्ठ द्धन्द्ध निर्देशन रहेको छ ।

%d bloggers like this: