Fri. Mar 29th, 2024

बलिउड चलचित्रका दबगंस्टार सलमान खानको पछिल्लो चलचित्र किंकले यति बेला बलिउडमा मात्र होइन धेरै देशहरुमा धमका मच्चाइरहेको छ । चलचित्र किंकले प्रदर्शनमा आएको एक हप्तामा करिब प्रदर्शनमा आएका देशहरुबाट २७३.२ करोड रुपैयाँ संकलन गरिसकेको छ । सलमानले शाहरुख खानको फिल्म ‘जब तक हे जान’ र आफ्नै फिल्म ‘दबंग २’ लाई समेत पछाडी चलचित्र किंकले पछाडी पारिसकेको छ ।

dabang-2_kick-collage_650_080214091429

‘जब तक हे जान’ले २४१ करोड कमाउन सफल भएको थियो भने ‘दबंग २’ ले २६५ करोड कमाएको थियो । दोस्रो हप्तामा प्रवेश गरेको चलचित्र किंकले अहिले सम्म सोचेको भन्दा पनि राम्रो दर्शक भित्राइरहेको छ । चलचित्र किंकले प्रदर्शनमा आएका देशहरुबाट करिब ६०० करोडको व्यापार गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । यदि यति रकम चलचित्रले कमाउन सके सलमानको यो पहिलो चलचित्र हुने छ जसले यति धेरैको व्यापार गर्ने ।

%d bloggers like this: