Sat. Aug 13th, 2022

असार २३ गते वैबाहिक जीवनमा बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का हनिमुन मनाउन भारतको सिम्ला पुगेको करिब २०/२५ दिन पुग्दा समेत उनीहरु अहिले सम्म नेपाल र्फकन सकेका छैनन् । उनीहरुद्धारा अभिनित चलचित्र कोहिनूर चल्न अब करिब ४ दिन बाकीँ रहदाँ समेत उनीहरु नेपाल नर्फकेपछि धेरैलाई अनेकथरीका शंका बढ्न थालेको छ । घाँटीको समस्याले उपचार भइरहेको खबर बाहिरिएपनि श्रीकृष्णलाई अन्य रोगले गर्दा नै अहिले सम्म भारतको अस्पतालमा उपचार गराइरहेका बताइएको छ ।
10525839_4467212095043_3182228276408358479_n
विवाह भएको २ दिन पछि भारत पुगेका उनीहरु अहिले सम्म कस्तो अबस्थामा छन् कसैलाई थाहा छैन् । उता चलचित्र चल्न अब ४ दिन बाकीँ रहिरहदाँ यता चलचित्रका निर्देशक आकाश अधिकारी निकै चिन्तामा देखिएका छन् । चलचित्रका मुख्य पात्र नै नेपाल नहुदाँ चलचित्रको प्रचार प्रसार भनेको जस्तो हुन सकेको छैन् । यति बेला चलचित्रका निर्देशक आकाश अधिकारी एक्लै चलचित्रको प्रमोशनमा जुटीरहेका छन् । तर अब कहिले कोहिनूर जोडी नेपाल आउछन् भन्ने खबर अहिले सम्म आइसकेको छैन् । मनोरञ्जन संसारडटकमलाई जानकारीमा आएअनुसार चलचित्र प्रदर्शन आउदा समेत उनीहरु नेपाल आउन नसक्ने अबस्थामा भएका बताइएको छ । चलचित्र कोहिनूर साउन २३ गते देशभर प्रदर्शनमा आउन लागेको छ ।