Sat. Apr 20th, 2024

प्राय चलचित्रबाट निकै राम्रो प्रतिक्रिया पाउने गरेका बलिउड स्टार अमिर खानको पछिल्लो चलचित्र ‘पिके’ले भने उनलाई केहि निराश बनाएको छ । हिजो मात्र सार्वजानिक भएको चलचित्र ‘पिके’को पोस्टरले यति बेला बलिउड निकै तातेको छ । किनकी सो पोस्टरमा अमिर नाङ्गिए छन् ।

aamirpk2

आफनो गोप्य अंग रेडियोले छोपेको दृश्य सार्वजानिक भए सगै सो पोस्टरलाई लिएर एक ओकिलले अदालतमा मुद्धा दायर गरेका छन् । चलचित्र ‘पिके’मा सार्वजानिक सो पोस्टरले अस्लिनता र यौन हिंसालाई मनोवल बढाउने पोस्टर भएको भन्दै ओकिलले सो पोस्टर विरद्ध अदालतमा मुद्धा दायर गरेका हुन् । १९ डिसेम्बरमा प्रदर्शन हुन लागेको चलचित्र ‘पिके’मा अमिरलाई नाङ्गिएको दृश्यमा देख्न पाइने भएपनि अब सो दृश्य हटाउनु पर्ने सम्भाबना बढेको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् । चलचित्रलाई राजकुमार हिरानी निर्देशन गरेका छन् भने चलचित्रमा आमिर खान र अनुष्का शर्मा मुख्य भुमिकामा देखिदै छन् ।

%d bloggers like this: