Fri. Apr 19th, 2024

शुक्रबार बेलुका काठमाडौंमा रहेको होटल र्‍याडिसन निकै रम्मझम्म थियो । र्‍याडिसनको कुनै एउटा भब्य कोठाबाट निस्केको आवाज बाहिर सम्म निकै मज्जाले सुनिन्थो । किनकी होटल र्‍याडिसनको एक भब्य कोठा भित्र एक गायिका निकै सुमधुर आवाजमा गीत गाइरहेकी थिइन् । ति गायिका थिइन देविका वन्दना । र्दजनौ नेपाली चलचित्र देखी आधुनिक गीतमा आवाज दिइसकेकी गायिका देविका वन्दना आफनो एकल साझँमा निकै सुमधुर गीत गाइरहेका बेला धेरैका आखाँ रसाएका थिए ।

dabika bandana

किनकी उनको स्वर र गीतमा धेरैले न्यानोपन महशुस गरिरहेका थिए । र्‍याडिसनको एक भब्य कोठामा आयोजना भएको गायिका देविका बन्दनाको एकल साझँ सोचे झै सम्पन्न भएको छ । करिब ३०० भन्दा बढि दर्शकको उपस्थितिमा उनले चलचित्र र आधुनिक गीत गरि झण्डै २ दर्जन गीत सुनाएकि थिइन् । ‘यो माया के हो’,’यस्तै रहेछ यहाँको चलन’,‘म ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ जस्ता चर्चित गीत गाएर दर्शकहरुलाई निकै आनन्द दिएकी थिइन् । करिब एक दर्जन भन्दा बढि बाध्य बाधकहरुको साथमा देखिएकी देविको साथमा युगल गायनमा विजेश पौडेल र छिरिङ भोटियाले साथ दिएका थिए । उनले ४ बर्षपहिले पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझको गरेकी बन्दनाले एक बर्षअघि बुटवलमा एकल साँझ समेत सम्पन्न गरेकी थिइन् ।

%d bloggers like this: