Sat. Apr 27th, 2024

भोली १०:५० बजे नेपाल आइपुग्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न को पाउने को नपाउने भन्ने विषयमा यति बेला निकै र्चको बहस भइरहेको छ । र मोदीलाई भेटेर के कस्ता विषयमा छलफल हुने भन्ने कुरा पनि यति बेला बहसको विषय बनेको छ । करिब ३० घण्टा नेपालमा विताउने नरेन्द्र मोदीले राजनितिक दलका र्शीष नेता देखी राष्ट्रपति परेका छन् । नेपालको सबैभन्दा महंगो होटल हायातमा बस्ने नरेन्द्र मोदीको सुरक्षाका लागी मात्र हजारौ सैनिक परिचालन भइसकेका छन् भने उनको गाडी दौडने सडकहरुमा यति बेला सरफपानीले सडक पखालिन थालिएको छ ।

Narendra-Modi

मोदीको भ्रमणका लागि नेपालले सुरक्षायुक्त बुलेट ब्रुफ गाडी उपलब्ध गराउन नसक्दा मोदीको  उतैबाट हिजो बुलेट ब्रुफ गाडी नेपाल आइसकेको छ । प्रधानमन्त्री मोदीलाई सुरक्षा दिने जिम्मा नारायणहिटीस्थित सेनाको विशेष सुरक्षा दलले लिएको छ । नरेन्द्र मोदीको दुई दिने नेपाल बसाई निकै महंगो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन नेपाल बस्दा करिब ७५ करोड भन्दा बढि खर्च हुने अनुमान सरकारले लगाएको छ । त्यो सम्पुर्ण रकम सरकारले नै बेर्होने छ । दुई दिने नेपाल बसाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशीदलहरुका नेता,३ प्रमुख दलहरुका र्शीष नेता,प्रधानमन्त्री,राष्ट्रपति,सभामुख,परराष्ट्रमन्त्री देखी विभिन्न व्यक्तिहरुलाई भेट्ने कार्यक्रम भएपनि नरेन्द्र मोदीले भेट्ने लिस्टमा नेपाली सिनेनगरिका कुनै पनि कलाकार देखी संघ सस्थाका व्यक्ति परेका छैनन् । भारतीय प्रधानमन्त्री नेपालमा आउदा नेपाली सिनेनगरिमा माथि उठाउन पहल गर्न आग्रह गर्नु पर्ने ठाँउमा यस विषयलाई कसैले पनि गम्भिररुपमा हेरेका छेनन् । र यसविषयमा कसैले पनि आवाज उठाइएको पाइएको छैन् ।

%d bloggers like this: