Thu. Apr 25th, 2024

आज देखी देशभर प्रदर्शनमा आएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’को पहिलो शो सोचे अनुरुपको गरेपछि यति बेला चलचित्र युनिट निकै हौसिएका छन् । चलचित्रबाट निकै राम्रो प्रतिक्रिया पाएपछि चलचित्रका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ फेसबुक मार्फत सबैलाई धन्यवाद दिएका छन् ।

add_mero_valentine

सुशिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा रोशन श्रेष्ठ द्धन्द्ध निर्देशन रहेको छ । आज देखी देशभर प्रदर्शनमा आएको ‘मेरो भ्यालेन्टाइन’ सगँ कनै पनि नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छैनन् । त्यसैले पनि ‘मेरो भ्यालेन्टाइन’ले राम्रो व्यापार गर्ने जानकारहरु बताउछन् ।

%d bloggers like this: