Fri. Apr 19th, 2024

विभिन्न चलचित्रको छायंकनमा व्यस्त नायक आर्यन सिग्देल द्धारा अभिनित पछिल्लो चलचित्र ‘पुर्नजन्म’ को ट्रिजर सार्वजानिक भएको छ । परिरहेको पानीलाई चलाउदै आर्यन निकै निराश मुद्धामा बसिरहेका उक्त ट्रिजरमा आर्यनलाई देख्न सकिन्छ ।

punarjanma

एम.के.इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘पुर्नजन्म’लाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् । फिल्ममा आर्यन सिग्देल ,गजित विष्ट,सुस्मिता शाही, मिथिला शर्मा आदी कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आर्यन र गजितलाई आर्मीको भूमिकामा समेत देख्न सकिन्छ । मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुरले सयुक्त रुपमा लगानी गरेको चलचित्र ‘पुर्नजन्म’लाई सुदर्शन श्रेष्ठले लेखेका हुन । चलचित्रमा बसन्त सापकोटाको सँगीत र अष्ट महर्जनले द्धन्द निर्देशन रहेको छ ।

ट्रिजर हेर्नका लागी तलको लिंकमा क्लिक र्गनुहोला । 

%d bloggers like this: