Sat. Jun 25th, 2022

बलिउडको सुपरहिट फिल्म ‘धुम-३’चीनको र्शीष १० फिल्ममा समावेश भएको छ । फिल्म ‘धुम-३’ चीनको ४०० शहरमा २,००० स्क्रीनमा चलचित्र चलेको थियो । यश राज फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘धुम-३’ले पूर्व तुर्कीको बक्स अफिसमा समेत धुम मच्चाइसकेका छ ।

47363-dhom-3

अहिले सम्म कुनै पनि बलिउड फिल्म चीनको र्शीष १० मा सामेल हुन सकेको थिएन तर चलचित्र ‘धुम-३’ ले पहिलो पटक चीनमा र्शीष १० फिल्ममा नाम लेखाउन सफल भएको छ । २५ जुलाईमा चीनमा रिलिज गरिएको ‘धुम-३’ले चीनमा समेत निकै धमका मच्चाएको थियो । आमिर खान, कैटरीना कैफ, अभिषेक बच्चन, उदय चोपड़ा द्धारा अभिनित फिल्म ‘धुम-३’ का निर्देशक भने विजय कृष्णा आचार्य हुन् । फिल्मलाई आदित्य चोपड़ाले लगानी गरेका थिए ।