Fri. Apr 26th, 2024

दर्शक माझ निकै राम्रा चलचित्र पस्किसकेका एक सफल निर्देशक सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको पछिल्लो चलचित्र ‘मेरो भ्यालेन्टाइन’ श्रावण १६ गते अर्थात भोली देखी देशभर प्रदर्शनमा आउन लागेको छ ।

mero_valentine1_pnp

सुशिल श्रेष्ठले निर्माण गरेको चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा शम्भु सापकोटाको छायांकन, बनिष शाहको सम्पादन तथा सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’मा रोशन श्रेष्ठ द्धन्द्ध निर्देशन रहेको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’ र्शीष गीत देखी चलचित्रको अफिसियल पोस्टर समेत सार्वजानिक भएको छ । अहिले सम्पुर्ण दर्शकहरुको मन जित्दै गरेको “के भयो कहाँ गयो” नामक गीत यति बेला नेपाली बजारमा चर्चा बटुल्दै गएको छ ।

add_mero_valentine

चलचित्र प्रदर्शनमा आउन लागेपछि चलचित्रमा अभिनय गरेका कलाकारहरुले चलचित्रको प्रमोशनमा नहिड्दा दिक्क हुने गरेका निर्देशन निर्माताहरु यस चलचित्रमा भने सम्पुर्ण कलाकारहरु एकजुटका साथ चलचित्रको प्रमोशनमा जुटेको देखिन्छ । त्यस कारण पनि यति बेला चलचित्र ‘मेरो भ्यालेन्टाइन’ले बजारमा निकै राम्रो चर्चा बटुल्दै गएको छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’  भोली देखी देशभर प्रदर्शनमा आउन लागेको हो ।  बजारमा गीत संगितका कारण निकै राम्रो प्रतिक्रया पाइरहेको ‘मेरो भ्यालेन्टाइन’ले निकै राम्रो व्यापार गर्नेमा चलचित्र युनिट किनै आशावादी रहेको छ ।

%d bloggers like this: