Sat. Apr 20th, 2024

पछिल्लो समय निकै चल्तीका नायक जीवन लुइटेल एक पछि अर्को गर्दै विभिन्न चलचित्रहरुको छायंकनमा व्यस्त छन् । त्यहि क्रममा श्रावण २३ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘शीशा’ प्रदर्शनमा नआउदै सोहि युनिटले निर्माण गर्न लागेको चलचित्र ‘रामलीला’मा पनि जीवन नै देखिने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि ‘शीशा’ र बन्न लागेको चलचित्र ‘रामलीला’को बारेमा जानकारी गराइएको थियो । आर.बी.के ‘शरद’ले निर्देशन गरेको चलचित्र शीशालाई मधुसुदन ढकाल, अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको छ भने चलचित्रमा जीवन लुइटेल, रागिनी खड्गी, उमा वेवी, शर्मिला मल्ल, निर्मल सेन्चुरी, दिपेश भण्डारी, वी.एस.राण लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक आर.बी.के ‘शरद’ले चलचित्र आम दर्शकहरुले सोचेको भन्दा पनि राम्रो बनेको बताएका छन् । एकपटक चलचित्र ‘शीशा’ सम्पुर्ण दर्शकले हेर्नु पर्ने बताउदै चलचित्र निर्माण गर्दा साह्रै दुख पाएपनि चलचित्र सोचेको भन्दा पनि राम्रो बनेको दावी गरेका छन् ।

sisa-pressmett

त्यस्तै चलचित्र ‘शीशा’ प्रदर्शन हुन लागी रहदाँ चलचित्र शीशा कै निर्देशक आर.बी.के ‘शरद’ले अर्को चलचित्र रामलीला निर्देशन गर्ने भएका छन् । चलचित्र रामलीलामा भने कलाकारहरु भने केहि फरक हुने छन् । अर्थात नायकका रुपमा जीवन लुइटेल भएपनि नायिका भने ‘नाई नभन्नु ल २’ बाट रजतपटमा भित्रिएकी बर्षा सिवाकोटी रहने छिन् । चलचित्रको छायांकन चाडै नै सुरु हुने चलचित्र युनिटले बताएको छ । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय,कलाकार गोविन्द शाही आदी अतिथिहरुले प्रदर्शनमा आउन लागेको चलचित्र ‘शीशा’ र बन्न लागेको चलचित्र ‘रामलीला’लाई अग्रिम शुभकामना दिएका थिए ।

%d bloggers like this: