Fri. Apr 26th, 2024

मंसिर २६ गते देशभर प्रदर्शनमा आउने लागेको चलचित्र ‘रंग बैजनी’को तिजको गीत रिलिज भएको छ । १२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका एक सफल निर्देशक शम्भु प्रधानद्धारा निर्देशित चलचित्र ‘रंग बैजनी’को ‘छड्के पोते रातो सारी’ नामक गीत सार्वजानिक भएको हो । चलचित्र मंसिर २६ गते प्रदर्शनमा आउने भएपनि चलचित्रमा समावेश एउटा गीत भने तिजको रहेको छ ।

ran gha baijani

सोहि तिजको गीत महिलाहरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा सो गीत सार्वजानिक भएको छ । गीतमा नायिका सुमिना घिमिरे र गरिमा पन्तको खतरनाक टक्कर देख्न सकिन्छ । सो गीतले तिजमा निकै राम्रो चर्चा पाउने निर्देशक शम्भु प्रधानले बताएका छन् । चलचित्र ‘रंग बैजनी’मा नायिका गरिमा पन्त र सुमिना घिमिरे नायिका रहेका छन् भने नायकका रुपमा दिक्पाल कार्की देखिने भएका छन् ।चलचित्रलाई नुतन प्रधानले निर्माण गरेकी हुन् । नुतन शम्भु प्रधानका श्रिमती समेत हुन् । चलचित्रलाई सशांक प्रधानले खिचेका हुन्।

भिडियोका लागी तलको लिंकमा क्लिक र्गनुहोला । 

%d bloggers like this: