Sat. Apr 20th, 2024

भदौ २० गते देशभर प्रदर्शन हुन लागेको चलचित्र स्टुपिड मनको तेस्रो र्शीष गीत रिलिज भएको छ । थाईल्याण्डमा सम्पुर्ण छायंकन गरिएको चलचित्र स्टुपिड मनको गीत युटुब मार्फत हिजो सार्वजानिक गरिएको हो । ‘झुकेका नजरले नहेर मलाई’ नामक सार्वजानिक गीतमा नायक निरज बराल र स्टुपिड मन चलचित्रबाट नै रजतपटमा भित्रिएकी नायिका रिजु श्रेष्ठको निकै आर्कषक रोमान्स गीतमा देख्न पाइने छ ।

romans

अहिले सम्म सार्वजानिक भएको दुई वटा गीतमा निरज नदेखिएपनि यस गीतमा भने निकै सेक्सी दृश्यमा निरज र रिजुलाई देख्न पाइन्छ । चलचित्र स्टुपिड मन नायक निरज बरालको प्रोडक्सनमा निर्माण भएको हो । यसअघि ‘मेरो जीवनसाथी निर्देशन गरेका दिवाकर भट्टराईले यस चलचित्रलाई निर्देशन गरेका हुन् । फिल्ममा जीवन लुइँटेल, निरज बराल, चाँदनी शर्मा, रिजु श्रेष्ठ, माटिन खान आदी कलाकारहरुको मख्य भुमिका चलचित्रमा देख्न सकिन्छ । फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, दीर्घ खड्काको सम्पादन र अष्ट महर्जनको द्धन्द्ध रहेको छ । यति बेला बजारमा स्टुपिड मनको गीतहरुले निकै चर्चा बटुल्दै छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक र्गनुहोस । 

%d bloggers like this: