Fri. Apr 26th, 2024

अन्तरराष्ट्रिय कलाकार मञ्च कतार शाखा र शाश क्रियशनको संयुक्त आयोजनामा इदको अवसर पारेर मंगलबार कतारमा आयोजना भएको ‘मेघा कन्सर्ट’मा आफुलाई आयोजकहरुले ज्यादै अपमानित गरेका गायक शिव परियारले फेसबुक मार्फत आक्रोस पोखेका छन् ।

siva-pariyar-status

आयोजकको चरम लापरबाहिका कारण आफूले स्टेजमा गएर २ लाइन गीत गाएर र्फकनु परेको उल्लेख गर्दै शिवले दर्शकले आफुबाट धेरै गीतको अपेक्षा गरेपनि आयोजकको चरम लापरवाहिले गीत गाउन नपाएको दुखेसो व्यक्त गरेका छन् । उनले आफुले दर्शकले सोचे अनुरुपको गीत दर्शकहरुलाई प्रस्तुत गर्न नपाउदाँ आम दर्शकहरुलाई शिवले फेसबुक मार्फत नै माफी मागेका छन् । उनले फेसबुक मार्फत अहिले सम्मको अन्तराष्ट्रिय कार्यक्रम मध्यकै अपमानित भएको बताएका छन् । कार्यक्रम हेर्न झण्डै ७ हजार भन्दा बढि दर्शक कार्यक्रममा उपस्थित भएका थिए ।

%d bloggers like this: