Thu. Apr 25th, 2024

बलिउड चलचित्रको नाम लगातार नेपाली चलचित्रहरुमा भित्रने क्रमबढ्दै गएको अबस्थामा फेरी एउटा नेपाली सिनेनगरिमा बन्न लागेको नेपाली चलचित्रमा बलिउड चलचित्रको नाम भित्रिएको छ । बलिउड चलचित्र ‘रामलिला’ले निकै राम्रो व्यापार गर्न सफल भएपछि अब नेपालमा पनि चलचित्र ‘रामलिला’ बन्ने भएको छ ।
jeevan and ==========
आर.बी.के ‘शरद’ले निर्देशन गर्न लागेको चलचित्र ‘रामलिला’मा नायक जीवन लुइटेल र नाई नभन्नु ल २’बाट चलचित्रमा डेब्यू गरेकी बर्षा सिवाकोटी चलचित्रमा मुख्य भुमिकामा देखिने छन् । चलचित्र पुर्ण रुपमा प्रेमकथामा आधारित रहने छ । बलिउड चलचित्र ‘रामलिला’कै कथा जस्तो चलचित्र ‘रामलिला’ नहुने बताइएको छ । सुरुमा ‘सिवानी’ नाम दियउको चलचित्रलाई पछि नाम परिवर्तन गरेर ‘रामलिला’ राखिएको थियो । चलचित्रको छायंकन चाडै सुरु हुने चलचित्र युनिटले बताएको छ ।

%d bloggers like this: