Sat. Apr 20th, 2024

नेपाली चलचित्र नगरिमा निकै राम्रो चलचित्रहरु दिइसकेका निर्माता एवंम निर्माता संघका अध्यक्ष राजकुमार राई र निर्माता प्रभुशम्शेर राणाविच पैसाको लफडाले उनीहरु हनुमान ढोका पुगेको खबर बाहिरिएको छ ।

rajkumar rai

२५ लाख रुपैयाँ प्रभुशम्शेरले निर्माता राजकुमार राईलाई तिर्नु पर्ने थियो तर निर्माता राईले बारम्बार आग्रह गर्दा पनि प्रभुशम्शेरले सो रकम नतिरेपछि निर्माता राईले सोमबार प्रभुशम्शेरको कार्यालय आइकोर मुभिजका सामान उठाएपछि निकै ठुलो विवाद भएको थियो । र सो विवाद हनुमान ढोका पुगेको छ । यति बेला राई र शम्शेर विच सहमतिको प्रयास गराउन खोजीरहेको बताइएको छ । फिल्म निर्माणसंगै राजकुमार राईले महंगो ब्याजद्धरमा ऋण दिने गरेको कुरा पनि बाहिरिएको छ । निर्माता राई र शम्शेर निकै नजिकका व्यक्ति मान्निछन् ।

%d bloggers like this: