Sat. Apr 27th, 2024

नेपाली बजारमा चलचित्रहरु एक आपसमा जुध्ने क्रम बढ्दै गएपछि चलचित्रहरुले प्रचार प्रसारमा निकै पैसा खन्याउने गरेको देखिन्छ । चलचित्रको नाम लेखिएको टिर्सट देखी मोजा सम्ममा चलचित्र युनिटले रकम खर्च गर्ने गरेको कुरा अनौठो होइन । तर भदौ ६ गते प्रदर्शन हुन लागेको चलचित्र ताण्डवले भने नयाँ प्रचार प्रसार सुरु गरेको छ ।

tandav-game-new

चलचित्रले ‘डिजिटल प्रविधि’मा खेल खेल्ने नयाँ प्रचार सुरु गरेको छ । तर यो कुने पनि संघ,संस्था वा कम्पनीलाई नभई आफनै चलचित्रका लागी हो । यो खेल खेल्नका लागि इन्टरनेट प्रयोगकर्ताले फिल्मबारे खाली ठाउँ राखिएका स्थानमा ड्रयाग राखेर सूचना भर्नुपर्नेछ । सिनेमाको पोष्टरमाथि यो खेल खेल्न सकिनेछ । यस भन्दा अघि बलिउड चलचित्र  ‘चेन्नई एक्सप्रेस’ र ‘धुम ३’ ले भने भिडियो गेम बनाएका थिए । यसरी डिजिटल प्रविधिमा चलचित्रको गेम खेल्ने कार्यले चलचित्रलाई कस्तो सफलता दिने हो त्यो भने हेर्न बाँकी नै छ । बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको चलचित्र ताण्डवलाई मोहन डोटेलले लगानी गरेका हुन । चलचित्रमा आशिश राना’लाहुरे’, नम्रता श्रेष्ठ, अनुप बराल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।  ।

%d bloggers like this: