Sat. Apr 20th, 2024

भाद्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुन्टे परेड’को सम्पुर्ण प्राविधिक काम नै नसकि चलचित्रको च्यारेटि शो सम्पन्न गरेको छ । सोमबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा ‘पुन्टे परेड’को च्यारेटी शो गरिएको हो । एक स्वास्थ्य संस्थाले गरेको च्यारेटि शो हेर्न आएका प्राय दर्शक,पत्रकारहरुले चलचित्र पुर्णरुपमा तयारी नभइसकेको बताएका छन् ।

punta pared image

चलचित्रमा केहि डविगं कार्य देखी साउण्ड सम्म चलचित्रको पुरा मिलिसकेको छैन् । यसरी चलचित्र पुर्ण रुपमा तयारी नभइसकेको खबर बाहिरिए सगै चलचित्र युनिट निकै तनाबमा देखिएको छ ।  चलचित्रको च्यारेटि देखाउनका लागी निर्देशक सुवास कोइरालाले करिब ६० घण्टा सम्म नसुति काम गरेको निर्देशक कोइरालाले बताएका छन् । हरी महत्तको लगानीमा निर्माण भएको चलचित्र ‘पुन्टे परेड’मा संयम पुरी, एन्जिला दाहाल आदी कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रले पुर्णरुपमा मनोरञ्जन दिने निर्देशक कोइरालाले बताएका छन् । प्लस टू पढ्दै गरेको एक यूवकको मनोविज्ञानमा चलचित्र घुमेको छ ।

%d bloggers like this: