Tue. Apr 16th, 2024

छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लज्जा’को एउटा र्शीष गीत सार्वजानिक गरिएको छ । आज युटुब मार्फत चलचित्र ‘लज्जा’को  ‘के भयो भयो तिमीलाई देखेपछि लौन’ नामक गीत सार्वजानिक गरिएको छ । गीतमा आर्यन सिग्देल र शिल्पा पोखरेलको रोमान्स देख्न पाइने छ ।
lagja
नवल नेपालको निर्देशन र छविराज ओझाको लगानीमा निर्माण भएको चलचित्र ‘लज्जा’ कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको हो । चलचित्र ‘लज्जा’मा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको चलचित्र ‘लज्जा’लाई दिजेन्द्र शाक्यले पनि चलचित्रमा लगानी गरेका छन् ।

%d bloggers like this: