Thu. Apr 25th, 2024

बैशाख ५ गतेबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘मेन्टल’को र्शीष गीत रिलिज भएको छ । आज चलचित्र ‘मेन्टल’ युनिटले युटुब मार्फत चलचित्रको ‘रोजगार हुन्छन् सयौ यहाँ’ नामक गीत सार्वजानिक गरेको छ । गीतमा चलचित्रका कलाकार प्रथम खड्का रोजगारीको क्रममा विभिन्न सरकारी तथा प्राइभेट कार्यालयहरु धाए पनि काहि पनि रोजगारी नपाएपछि प्रथम खड्का छट्पटाइरहेको दृश्य गीतमा देख्न सकिन्छ ।
mentel
सरोज पौडेलको निर्देशन र केहर सिह भण्डारीले चलचित्रलाई लगानी गरेका छन् । चलचित्रमा प्रथम खड्का , पुजा भट्ट , सुरबिर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अर्जुृन पोखरेल र राजन थापाको संगति , प्रथम खड्काको नृत्य , शंकर थापाको द्वन्द्व र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्रलाई भोजराज देवकोटाले लेखेका हुन् । अध्यायन सहितको प्रतिवान व्यक्ति क्षमता हुँदाहुँदै पनि अवसरबाट बन्चित हुनु पर्दाको पिडालाई चलचित्रले देखाउन खोजेको छ ।

%d bloggers like this: