Thu. Apr 25th, 2024

10568681_335551569936562_1603243992_nअसार २३ गते बैवाहिक जीवनका बाधिएका नायक श्रीकृष्ण र नायिका स्वेता खड्का हनिमुन मनाउन भारतको सिल्ला गएका बेला उतै नायक श्रीकृष्ण विरामी परेपछि अहिले सम्म उनीहरु नेपाल र्फकन सकेका छैनन् । साउन २३ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र कोहिनूरको युनिटले भने काठमाडौंमा पत्रकार सममेलन गरि कोहिनूरका जोडीलाई निकै मज्जाले सम्झेका छन् । श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कोहिनूरमा श्रीकृष्णकै धर्मपत्नी स्वेता मुख्य भुमिकामा देखिएकी छिन् । कहाँ भेटिएला चलचित्रले निकै राम्रो व्यापार गरे पछि निकै हौसिएका श्रीकृष्णले कोहिनूर निर्माण गरेका हुन् । हनिमुन मनाउन भारत पुगेका श्रीकृष्णका जोडीलाई सम्झेर आज पत्रकार सम्मेलन नै एकछिन् भावुक बन्न पुग्यो । श्रीकृष्ण भारतमा उपचार गराइरहेका कारण चलचित्र सर्ने हल्ला निकै चलेपछि आज निर्माण युनिटले पत्रकार सम्मेलन नै आयोना गर्नु परयो । कार्यक्रममा बोल्दै चलचित्र कोहिनूरका निर्देशक आकाश अधिकारीले चलचित्र कुनैपनि हालतमा नसर्ने बताएका छन् । चलचित्र साउन २३ गते नै प्रदर्शन हुनेमा ढुक्क भएर बस्न आग्रह गरिएको छ । निकै महंगो लगानीमा निर्माण भएको चलचित्र कोहिनूर भारतमा समेत छायंकन गरिएको छ । चलचित्रले चेलिबेटी बेचबिखनको कथालाई केन्द्रविन्दु बनाएको छ । अर्थात चलचित्र नारीप्रधान रहेको चलचित्र युनिटले बताएको छ । केहिदिन भित्रमा नै श्रीकृष्ण र स्वेता नेपाल र्फकने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

%d bloggers like this: