Fri. Mar 29th, 2024

नयाँ फिल्म ‘बजरंगी भाईजान’मा सलमान खान सगँ काम गरिरहेकी अभिनेत्री करीना कपूरले भनेकी छिन् ‘सलमानको साथ काम गर्न निकै रमाइलो हुन्छ ।’

karina

यस फिल्म भन्दा पहिले उनीहरु दुवै जना चलचित्र बडिगार्डमा एक साथ देखिएका थिए । अब भने कबीर खानले निर्देशन मा बनिरहेको फिल्ममा उनीहरु फेरी एकसाथ देखिने भएका हुन् । करीनाले फिल्मको बारेमा जानकारी दिदै भनेकी छिन् ‘मलाई ‘बजरंगी भाईजान’फिल्मको पटकथा र मेरो अभिनय निकै मन पर्यो ।’ सलमानले भने चलचित्र ‘बजरंगी भाईजान’ मा आर्कषक रुपमा देखिने छन् भने करीना एक ब्राह्मण युवतीको भुमिकामा देखिदै छिन् । करीनाले भनेकी छिन् ‘सलमान सगँ काम गर्न निकै मज्जा आउछ । र सलमान अनि मेरो जोडी चलचित्रमा निकै राम्रो पनि देखिन्छ ।’ उनले सलमानको निकै खुलेर तारिफ गरिन । फिल्म ईदमा प्रदर्शन हुन सक्ने बताइएको छ । फिल्मलाई सलमान खानको आफनो कम्पनी ‘सलमान खान वेंचर्स’ले प्रस्तुत गरेको छ । करीना पहिलो पटक कबीरको फिल्ममा काम गरेकी हुन् । करीनाले भनेकी छिन् ‘कबीर सगँ मैले पहिला कुनै सगै काम गरेका थिइन,त्यसैले पनि नयाँ निर्देशक सगँ काम गर्नु निकै शानदार हुने बताएकी छिन् ।’

%d bloggers like this: