Fri. Apr 26th, 2024

नयाँदिल्ली– सेलिव्रेटिहरु विभिन्न काम गरेर चर्चामा आउने गरेको कुरा अनौठो होइन । तर धेरै सेलिव्रटी यस्ता पनि छन् जो पैसा पाउनन् भने विभिन्न आरोपहरु लगाउने गर्दछन् । त्यस्तै खबर यति बेला बलिउड उद्योगमा सनसनी भएको छ । preeti jinta
 
बलिउडमा डिम्पल नायिकाको रुपमा परिचित बलिउड अभिनेत्री प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी एवं व्यवसायिक साझेदार नेस वाडियासँग आफु असुरक्षित रहेको बताएकी छिन् । सन् २००९ मा उनीहरुको सम्बन्ध टुटिसकेको थियो र त्यतिबेला भएको कुनै पनि घटना र व्यक्तिगत कुरो लिएर प्रिती प्रहरीकहाँ गएकी छिन् । तर ब्रेकअपको ६ वर्षपछि प्रितीले आफु असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यति बेला प्रिती जिन्टा प्रति धेरैले विस्वास गर्न छाडेका छन् । धेरैले प्रितीले यो कुरा बाहिर ल्याउनु पैसाका लागी हो भन्दै धेरै हल्ला चलेपनि प्रितीले यो कुराको कडारुपमै आलोचना गरेकी छिन् ।
उनले भनेकी छिन् – आइपिएल मेरो प्रोजेक्ट थियो र मैले आफ्नो मात्र होइन, नेस वाडियाको भागको पाँच करोड पनि आफैं जम्मा गरेकी हुँ। यसको प्रमाण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँग छ। करिब ६ महिनापछि मात्रै वाडियाले सो रकम फिर्ता दिए, त्यो पनि बिनाब्याज। यसैले मलाई लाग्छ पैसाको विषय अब टुंगिन्छ। ‘गो एयरको विज्ञापन पनि मैले बिनापैसा गरेको थिएँ,’ उनको स्पष्टीकरण छ, ‘टेलिभिजन रियालिटी सो कौन बनेगा करोडपतिबाट जति पैसा मैले कमाएँ, त्यो वाडिया बाल अस्पताललाई दानमा दिएको थिएँ।’
प्रितीले नेस वाडियाले लगाएका सम्पूर्ण आरोप गलत भएको दाबी गरेकी छिन्। आइपिएल सिटको विवादलाई लिएर वाडियाको आमाको अपमान गरेको भन्ने आरोपसमेत झुठो भएको उनले बताएकी छिन्। आइपिएलको प्रत्येक म्याचमा प्रिती जिन्टाले सबै सिट कब्जा गर्ने गरेको र आफ्नी आमालाई दुर्व्यवहार गरेको वाडियाको आरोप थियो।
समग्रमा शारीरिक हिंसा र आक्रमक व्यवहार स्वीकार गर्नुहुँदैन, चाहे कोही धनी होस् या गरिब, पुरुष होस् या महिला, सेलिब्रेटी होस् या नहोस्। तर यदि प्रितीले पैसाका लागी नेस वाडियाबाट आफु असुरक्षित छु भनेको भए सायद यो कुराले प्रितीको करियर घरापमा समेत पर्न सक्छ र अर्को कुरा यदि नेस वाडियाले साच्चै प्रितीलाई असुरक्षित महशुस गराएका हुन भने उनलाई कडा भन्दा कडा सजाय हुन आबश्यक पनि छ ।

%d bloggers like this: