Fri. Apr 26th, 2024

नेपाली लोकगीतका क्षेत्रमा निकै अब्बल मानिने गायक पशुपति शर्मालाई तिज नजिकदै गर्दा उनलार्य गीत गाउन भ्याई नभ्याई हुने र्गदयो तर यसपालीको जित भने पशुपति शर्मा विवादमा रहनु पर्ने भएको छ । उनलाई यस बर्षको तिजको गीतका लागी बजारमा ल्याएको गीतले उनलाई एउटा ठुलो समस्या थपिदिएको छ ।
pasupati sharma teej song
केहि महिना अगाडी मलाई अमेरिका यहि मलाई जापन पनि यहि नामक गीतले धेरैको स्याबासी पाएका गायक पशुपति शर्माले यस पटक तिजलाई लक्षित गरेर बजारमा ल्याएको गीत केको बाहुन, केको कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती जातका कुरा गर्नेको दिमाग कहाँ छ मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ, नामक गीतले यति बेला गायक पशुपति शर्मा विवादमा परेका छन् ।
गीतमा समावेश भएको ‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ नामक श्ब्दले सीधासीधा जनजातिहरुलाई लक्षित गरेको भन्दै यति बेला पशुपति शर्माको गीतलाई रोक लगाउनु पर्छ भन्दै चैतर्फि विरोध आइरहेको छ । यसै गीतलार्य लिएर धेरैले विश्लेषण पनि गरिसकेका छन् । समाज भेदभाव रहित हुनुपर्छ भन्ने सन्देश गीतले दिन खोजेपनि सो गीतले जातजातीहरुलाई मन दुखाउने शब्द समेत समाबेश गरिएको छ ।
धेरैले भनेका छन् गायक पशुपति शर्माले गीतमा रमाइलो खाल्का गीत नभई समग्र जातजातीलाई लक्षित गरेर गीत बजारमा ल्याउनु गलत रहेको भन्दै यसको विरोध गरेका छन् । केहि दिन देखी पशुपति शर्माको गीत बजारमा सन्न भने पाइएको छैन । केहि दिन बजारमा घुलमिल गरेको सो गीतले केहि दिन पनि बजारमा राम्रो सगँ छाउन नपाउदै विवादको सामाना गर्नु पर्यो । अब पशुपति शर्माको गीतलाई रोक लगाइन्छ वा लगाइन्न् त्यो भने भोलीका दिनले नै बताउने छ ।
सो विवादमा रहेको गीतलाई पशुपति शर्मा र देविका केसीले सयुक्त रुपमा गाएका छन् ।

%d bloggers like this: