Thu. Apr 25th, 2024

गायिका  एन्जेला श्रेष्ठको   दोस्रो सोलो एल्बम ‘रिभाईभल’ भित्रको  ‘आंटि हेर एकफेर’ गितको म्यजिक भिडियो सार्वजानिक भएको छ । वर्षा सिवाकोटी र सोनाम पाख्रीनको लाई देख्न सकीने यो भिडियोमा निकेश खड्काको निर्देशन, हरी हुमागांईको  क्यामेरा ,निशान घिमीरेको सम्पादन तथा रविन्द्र श्रेष्ठको निर्माण रहेको छ । r1
एल्बम’रिभाईभल’  श्रेष्ठको   दोस्रो सोलो एल्बम भएतापनि कलेक्शनमा भने यो १७ औं एल्बम अन्र्तगत पर्दछ ।यसअघि उनको पहिलो सोलो एल्बम ‘रागिनी’ रिलीज भइसकको थियो ।बेलायतमा हुने विभिन्न सागिंतिक कार्यक्रममार्फत त्यहांस्थित नेपाली दर्शकमाझ लोकप्रिय गायिका एन्जेलाले हालसम्म सयभन्दा बढि गित गाईसक्नुभएको छ ।नेपालममा खास्सै समय बिताउन नपाएकी  श्रेष्ठले ‘नेपथ्यु’,’प्रेम स्पर्शु’,’ विना मौसमको बरसात’ जस्ता थुप्रै चलेका एल्बम हरूमा स्वर दिईसकेकी छिन ।यसअघि ‘ रागिनी’ एल्बम बाट ‘चिट्ठी पठाउँछु’ बोलको गीत र नेवारी गीत’ छ हे वईगु’ को म्युजिक भिडियो पनि रिलीज भईुसकेका छन ।एल्बम बाहेक २ फिचर फिल्म , ३ भिडीयो फिल्म र थुप्रै जिंगल्समा समेत एन्जेलाले आवाज भरेक छिन । वि स २०४१ सालमा’ क बाट कछुवा ख खरायो ‘बोलको बाल गितबाट ११ वर्षकै उमेरमा आफ्नो दरिलो छाप समेत छोडीसकेकी थिईन ।r2
यता नेपाली युवा केन्द्रित अहिलेको ‘रिभाईभल एल्बमभित्र भने ५ वटा गित समावेश गरिएको छ ।म्युजिक जोय मिडिया नेपालको प्रस्तुति रहेको यो गितको भिडियोलाई दर्शकले अधिक रुचाउने गायिका एन्जेला श्रेष्ठले विश्वास व्यक्त गरेकी छिन ।
एकचोटी हेर्नुस ‘रिभाईभल’ भित्रको  ‘आंटि हेर एकफेर’ गितको पुरै म्यजिक भिडियो:

 

%d bloggers like this: