Thu. Apr 25th, 2024

नेपाली सिने नगरीका चर्चित राते काईला अर्थात सुनिल थापा अभिनित हिन्दी फिल्म ‘मेरी कोम’को ट्रेलर सार्वजानिक भएको छ। उक्त फिल्मको फस्टलुक पोस्टरहरु केही दिनअघि मात्र सार्वजनिक भएका थिए।Mero-kom-firstlook-in
संजय लीला भन्सालीले निर्माण गरेको ‘मेरी कोम’को ट्रेलर हेर्दा लाग्छ प्रियंकासँगै सुनिलको पनि फिल्ममा महत्वपुर्ण र प्रमुख भुमिका छ । ओलम्पिक मेडल बिजेता र पाँच पटक वल्र्ड च्याम्पियन भइसकेकी भारतीय महिला बक्सर ‘मेरी कोम’को जीवनीमा आधारीत फिल्ममा प्रियंकासँगै अभिनेता सुनिल थापाको पनि मुख्य भुमिका रहेको छ । मेरी कोम मा प्रियंका मेरी कोम को भुमिकामा छिन भने नेपाली अभिनेता सुनिल थापा प्रियंकाको गुरु को भुमिकामा देखिदैछन ।
फिल्मको सुटिङ सकिएको धेरै नै भएतापनि फिल्म र आफ्नो भूमिका बारे सुनिलले केही पनि बोलेका थिएनन् । ट्रेलर लञ्चिङ कार्यक्रममा निमन्त्रणा भएतापनि खबर ढिला थाहा आउंदा सुनिल मुम्बईमा आयोजना गरिएको उकत लञ्चिङ कार्यक्रममा भने सहभागी हुन पाएनन् । सुनिलले यसअघि पनि अन्य बलिउड थुप्रै फिल्महरुमा अभिनय गरिसकेको छन् । तरपनि यसपटक भने विग ब्यानरको हिन्दी फिल्ममा प्रमुख भुमिकामा देखिएका सुनिलको लागी यो बलिउडमा थप अवसर र चुनौती दुुवै तरीकाले हेरएिको छ । फिल्मलाई ओमुंग कुमारले निर्देशन गरेका हुन । ‘मेरी कोम’ यहि सेप्टेम्बर ५ देखी प्रर्दशनमा आउने छ ।
-एकचाटी हेर्नुस फिल्म ‘मेरी कोम’ को यो ट्रेलर:

%d bloggers like this: